वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९
उद्योग व्यवसायको स्थापना, विकास र प्रवर्द्धन क्षेत्रमा सहजकर्ता र नियामक कर्ताको रूपमा भूमिका निर्वाह गर्दै राष्ट्रिय औद्योगीकरणका प्रकृयामा टेवा पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने । परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गरी, सीप विकास तालिमको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने । रोजगारीका अवसरहरूको सिर्जना गर्दै सीप विकास तालिम र उद्यमशीलता विकास तालिमको माध्यमबाट औद्योगिक विस्तारमा सहयोग पुर्याई गरिबी न्यूनीकरण कार्यमा योगदान दिने ।
स्वदेशी श्रम, सीप र स्रोतको उपयोग गरी उद्योगको विकास गर्ने । स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको व्यावसायिक उपयोग गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने । परम्परागत कुटीर, लघु, घरेलु एवं साना हस्तकलाका उद्योगहरूको संरक्षण तथा सम्वर्द्धन गर्ने । उद्योग विकासको लागि विभिन्न प्रबर्द्धनात्मक कार्यहरू गर्ने । दिगो औद्योगिक विकासको लागि आवश्यक कार्यहरू गर्ने । उद्योगको विकास, विस्तार, संरक्षण तथा सम्वर्द्धन गर्ने । व्यापार तथा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र व्यवस्थित बनाई उपभोक्ता तथा व्यापार व्यवसाय मैत्री वातावरण सिर्जना गर्ने । रण कार्यमा योगदान दिने ।